Logo

अमेरिकी प्रतिबन्धको असर कच्चा तेलमा, मूल्यमा ६ महिनाकै उच्च वृद्धि

अमेरिकी प्रतिबन्धको असर कच्चा तेलमा, मूल्यमा ६ महिनाकै उच्च वृद्धि



काठमाडौ । अमेरिकाले गरेका ईरानी तेलमाथिको प्रतिबन्धले कच्चा तेलको मूल्यमा उच्च वृद्धि आएको छ । ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो ।

संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो ।

जुन महिनाका लागि प्रति ब्यारेल ७५ दशमलव ३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो ।

डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६ दशमलव १६ डलर पुगेको छ । यो बृद्धिसँगै डब्लुटीआईको मूल्यमा ६ महिनाकै उच्च हो । राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL