Logo

भुकम्प पीडितलाई १५ करोड दिने उपेन्द्र महतोको घोषणा, पुनः निर्माणमा जुट्न सवैसँग आग्रह

भुकम्प पीडितलाई १५ करोड दिने उपेन्द्र महतोको घोषणा, पुनः निर्माणमा जुट्न सवैसँग आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ वैशाख, काठमाडौं ।
गैरआवसीय नेपाल संघ (एनआरएन)का संस्थापनक अध्यक्ष डा. उपेन्द्र महतोले महा भुकम्पबाट पीडितका लागि १५ करोड रुपैयाँ दिने घोषणा गरेका छन् । महतोले आफ्नी आमाको नाममा रहेको फूलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत भुकम्प पीडितलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि १५ करोड रुपैयाँ दिने घोषणा गरेका  हुन् ।
काठमाडौंमा शनिवार पत्रकार सम्मेलन आयोजना गरी महतोले भुकम्प पीडितका लागि तत्काल राहत वितरण गर्न ३ करोड रुपैयाँ र पुनसर््थापना तथा पुनः निर्माणका लागि १२ करोड रुपैयाँ दिने बताए ।
ट्रष्टले गैरआवसीय नेपाली संघ र पतञ्जली योग पिठमार्फत भुकम्प पीडितलाई ततकाल राहत वितरण गर्ने भएको छ । तत्काल राहत अन्तर्गत ठूलो टेष्ट, कम्बल, सिरानी, तन्ना, रेनकोट, चामल, दाल, चिउरा, तेल, चिउरा, मसला, सावुनगायत सामग्री वितरण गर्ने उनले बताए ।
त्यस्तै,  भुकम्पबाट अत्याधिक क्षतिग्रस्त विभिन्न जिल्लाका विद्यालयहरुको पुनः निर्माणमा १२ करोड रुपैयाँ खर्च गर्ने उनले बताए । यसका  लागि नेपाल सरकार र सम्बन्धीत सरोकारवाला निकायसँग समन्वय गर्ने उनले बताए ।
आफ्नो राहत तथा पनः निर्माणको सहयोगले भुकम्प पीडितको पीडामा मल्हम लगाउँदै ढाडस दिने विश्वस लिइएएको उनले बताए ।
डा. महतोले भुकम्पबाट क्षतिग्रस्त संरचनाको तत्काल पुनः निर्माणमा जुट्न समेत सवैलाई आग्रह गरेका छन् । तत्काल राहतमा सवैले सहयोग गर्ने भएपनि पछि हुने पुनः निर्माण भने सहयोग आउने सम्भावना न्यून हुने भएकाले पुनः निर्माणको काम अहिल्यै शुरु गर्ने पर्ने उनको भनाई छ । प्राकृतिक विपत्तिपछिको पुनस्र्थापनाको चरणमा ठूलो चुनौति देखिने भएकाले अहिल्यैदेखि त्यसको तयारी गर्नुपर्नेमा उनले जोड दिए । यसका लािग पुनः निर्माणको अभियानमा आ–आफ्नो क्षेत्रबाट यथासक्य चाडो सहयोग गर्न र संलग्न हुन समेत महतोले सवैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL