Logo

बुद्ध पावरले बनाएको सौर्य उर्जा केन्द्र सरकारलाई हस्तान्तरण, अन्य १० स्थानमा निर्माण गर्दै

बुद्ध पावरले बनाएको सौर्य उर्जा केन्द्र सरकारलाई हस्तान्तरण, अन्य १० स्थानमा निर्माण गर्दै



काठमाडौं । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा संचालनमा ल्याएका २ केन्द्र तथा एक रिपोर्ट सरकारलाई हस्तान्तरण गरेको छ । कम्पनीले विगत २ बर्षदेखि संचालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र र उन्नत वायु तथा सौर्य उर्जा केन्द्र तथा मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धी एक अध्ययन रिपोर्ट उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई बुझाएको हो ।
बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायीक मौसम मापन स्थल (केन्द्र),पहिलो उन्नत वायु तथा सौर्य उर्जा स्थल विकास गरी मुस्ताङमा सञ्चालन गरेको हो । मौसम मापन स्थल (केन्द्र) ले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धि जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिन्छ ।

मौसम मापन स्थल (केन्द्र) र उन्नत वायू तथा सौर्य (केन्द्र) मुस्ताङ जिल्लाको जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उन्नत वायू तथा सौर्य (केन्द्र) ले प्रहरी कार्यालयलाई प्रसस्त पुग्ने विजुली उत्पादन गरिरहेको छ र हालसम्म कुनै समस्या आएको छैन ।

त्यसैगरी मौसम मापन स्थल (केन्द्र) सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसमसम्बन्धि रिपोर्ट अनलाइनमार्फत बुद्ध पावरको कार्यालय पोखरा र स्पेनमा रहेको कम्प्युटरमा संकलन भइरहेको छ । हालसम्म उक्त स्टेसनले निरन्तर रुपमा मौसमसम्बन्धि वास्तविक जानकारी दिँदै आएको छ ।

उन्नत वायू तथा सौर्य उर्जा केन्द्रमा १८ महिनाको परिक्षण अवधिमा कुनै समस्या नआएको र पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि धेरै प्रकारका ठूला(साना यस्ता परियोजना सञ्चालन गर्न सकिने जानकारी कम्पनीले जानकारी दिएको छ । मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र सँगै उन्नत वायु तथा सौर्य र भौगर्भिक उर्जा मार्फत बिजुली उत्पादन गर्न सकिन्छ।

कम्पनीले नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अनलाईन मौसम मापन केन्द्र बनाउने तयारी गरिरहेको छ । जसले अर्को १२ महिनामा दिएको रिर्पोटको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेघावाट स्तरीय उन्नत वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्