Logo

माग पुरा नभएको भन्दै ग्यास उद्योगी पुनः आन्दोलनमा, चैत २२ गतेदेखी आन्दोलनको घोषणा

माग पुरा नभएको भन्दै ग्यास उद्योगी पुनः आन्दोलनमा, चैत २२ गतेदेखी आन्दोलनको घोषणा



काठमाडौं । फागुन २२ गते एलपि ग्यास उद्योगी र नेपाल आयल निगमबीच ३ बुँदे सहमति गर्दै टुङ्गिएको आन्दोलन पुनः सुरु हुने भएको छ । ग्यास उद्योगीले विज्ञप्ती जारी गर्दै निगमले आफ्नो मागहरु पुरा नगरेपछि आन्दोलन गर्नु परेको जानकारी दिएको छ ।

सहमति अनुसार निगम संचालक समितिले फागुन १७ गते गठन गरेको समितिले उद्योगी व्यवसायिका मागको सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन १५ दिन भित्रमा बुझाउने र निगमबाट एलपि ग्याँसको पिडिओ खरिद गरी एलपि ग्यासको विक्रि वितरण सुचारु गर्ने रहेको थियो । तर निगमले सो समय सकिँदा सम्म पनि माग पुरा नगरेको भन्दै उद्योगीले संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

उद्योगीले चैत २२ गते देखी पिडिओ खरिद नगर्ने र एलपि ग्यास आयात गर्ने सबै रिफाईनरीहरुबाट ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गते देखी लोड भएका ग्यास बुलेटहरु कुनै पनि नाकाहरुबाट नभित्र्याउने, २८ गते सम्पूर्ण उद्योगहरु बन्द गर्ने तथा ३० गते सबै ग्यास बिक्रेताहरुबाट बिक्रीवितरण बन्द गर्ने लगायतका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL