Logo

विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने, लगानी ल्याउनुस सरकारले सुरक्षा र नाफाको पुर्ण ग्यारेण्टी दिनेछ

विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने, लगानी ल्याउनुस सरकारले सुरक्षा र नाफाको पुर्ण ग्यारेण्टी दिनेछ



काठमाडौं । काठमाडौंमा २ दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन । उनले सम्मेलनको उद्घाटन सत्रमा बोल्दै लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड भएको बताउँदै लगानीको सुरक्षा तथा नाफा उठाउन आग्रह गरेका छन ।

‘सरकारले लगानीको पुर्ण रूपमा सुरक्षा दिनेछ भने सोही अनुरूप नाफाको ग्यारेण्टी पनि दिनेछ,’ उनले भने, ‘अहिले सरकारले कानुन परिमार्जन गर्दै लगानीमैत्री बनाएको छ, विदेशी लगानीकर्ताकै पक्षमा एकद्धार प्रणालीको पनि सुरुवात गरिनेछ ।’

उनले लगानीकर्ताका लागि उद्योगमा विद्युत आपुर्तीको ग्यारेन्ट सरकारले नै गर्ने पनि जानकारी दिएका छन । चीन र भारतजस्ता ठुला देशहरु छिमेकी भएकैले नेपालमा उद्योग स्थापना गरि यी ठुला देशमा निर्यात गर्न सकिने उच्च सम्भावन रहेको उनले जानकारी दिएका छन ।
उनले नेपालमा उद्योग स्थापना गर्ने उद्योगका लागि तुलनात्मक रुपमा कामदारको लागत कम भएको र उद्योग कारखानाका लागि प्याकेजमा ट्याक्स ईन्सेन्टिभ दिने बताएका छन ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले राजनितिक स्थायित्व पश्चात नेपालमा लगानीको उत्कृष्ट वातावरण बनेको जानकारी दिएका छन । उनले नेपाली लगानीकर्ता र विदेशी लगानीकर्ताबीच जोईन्ट भेन्चरका कम्पनी स्थापनाका लागि पुलको काम गर्ने जानकारी दिएका छन । २ दिनसम्म चल्ने उक्त सम्मेलनमा भाग लिनका लागि विभिन्न ४० ६ सय बढी प्रतिनिधि सहभागी भएका छन । सम्मेलनमा विभिन्न क्षेत्रमा लगानीकर्ता र सरोकारवालाहरुका समानान्तर सेसन रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL