Logo

विदेशी कम्पनीका ट्रेडमार्कको पक्षमा उद्योग विभाग, चोरी गर्ने नेपाली कम्पनीलाई कारबाही

विदेशी कम्पनीका ट्रेडमार्कको पक्षमा उद्योग विभाग, चोरी गर्ने नेपाली कम्पनीलाई कारबाही



काठमाडौं । नेपालमा ट्रेडमार्क चोरीको समस्या बढिरहेको बेला उद्योग विभागले विदेशी कम्पनीको पक्षमा फैसला गर्ने भएको छ । कुनै पनि विदेशी कम्पनी नेपालमा आउन लागेको अवस्थामा नेपालीले कुनै एउटा कम्पनी खडा गरी ट्रेडमार्क चोरी गरी दुख दिने क्रम बढेको थियो ।

तर, लगानी सम्मेलन नजिकिँदै गर्दा उद्योग विभागले भने ट्रेडमार्क चोरी गर्ने नेपाली कम्पनीहरुको त्यस्ता ट्रेडमार्क खारेजी गर्ने गरी सूचना प्रकाशित गरेको छ । विभिन्न २२ वटा कम्पनीले आफ्नो ट्रेडमार्क चोरी भएको भन्दै उद्योग विभागमा उजुरी दर्ता गराएका थिए । सोही आधारमा विभागले उजुरी परेका नेपाली कम्पनी विरुद्ध ७ दिनभित्र सवुत प्रमाणसहित हाजिर हुन दिर्नेशन दिएको थियो ।

‘विदेशी कम्पनीले नेपाली कम्पनीविरुद्ध आफ्नो ट्रेडमार्क चोरी भएको भन्दै विभागमा उजुरी दिएका थिए’ विभागका एक अधिकारीले भने, ‘विभागले उजुरी परेका कम्पनीलाई आफ्नो सबुत प्रमाणसहित विभागका हाजिर हुन म्याद दिएको थियो तर अहिलेसम्म कुनै कम्पनी आएका छैनन् ।’ विदेशी कम्पनीले उजुरी गरेका कम्पनी आफ्नो सबुत प्रमाणसहित नआएमा त्यस्ता ट्रेडमार्कको चोरी गर्ने कम्पनीले कुनै उजुर गर्न नमिल्ने गरी विदेशी कम्पनीको पक्षमा फैसला हुने विभागले जानकारी दिएको छ ।

हाल विभागमा अमेरिकाका ६ ओटा कम्पनीले आफ्नो ट्रेडमार्क चोरी भएको भन्दै नेपाली कम्पनी विरुद्ध उजुरी हालेका छन । यस्तै अमेरिकाकै चर्चित फिल्म ‘मार्भल’ले पनि नेपाली कम्पनीविरुद्ध विभागमा उजुरी हालेको छ । कम्पनीले पर्सास्थित नेपाली कम्पनी ‘हनी हन्टर ईन्भाईरोटेक साईकल्स’ विरुद्ध आफ्नो चर्चित फिल्मपात्र ‘स्पाईडर मेन’ र लोगो चोरेको आरोपमा उजुरी हालेको हो । यस्तै स्कटल्याण्डको स्कच ह्वीस्की तथा नेदरल्याण्डको डियाङ्गो ब्राण्डले आफ्नो कम्पनीको ट्रेडमार्क ब्ल्याकलेबल चोरी भएको आरोपमा नेपाली कम्पनीविरुद्ध उजुरी दर्ता गराएका छन ।

विभागका अनुसार हाल भारतका मात्रै ४ ओटा कम्पनीले नेपाली कम्पनीविरुद्ध उजुरी दर्ता गराएका छन । उद्योग विभागमा हालसम्म करिव ४० हजार ट्रेडमार्क दर्ता भएका छन । विभागका अनुसार २० देखि २५ हजार ट्रेडमार्कहरु भने विभिन्न किसिमले खारेजीको प्रक्रियामा पुगेका तथा खारेज भएका छन ।

यी हुन ट्रेडमार्कको उजुरी गरेका र उजुरी परेका २२ कम्पनी

udhyog bibhag-trademark-register

प्रतिक्रिया दिनुहोस्