काठमाडौं । थाईल्याण्डका करिव ३७ प्रतिशत महिलाहरुले विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । जुन औषतमा विश्वको २४ प्रतिशत हुन आउँछ ।
साथै थाईल्याण्डकै तुलना गर्ने हो भने करिव ४० प्रतिशत महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन । ३४ प्रतिशत महिलाहरुले प्रमुख वाणिज्य अधिकारीको पद सम्हालिरहेका छन ।
यो संख्या विश्वको तुलनामा महिलाले नेतृत्व गर्नेमा पहिलो स्थानमा पर्दछ । यहाँका प्रत्येक महिलाले विश्वविद्यालय तहको अध्ययन गर्ने गर्दछन । एशियाकै या विश्वकै तुलनामा यहाँका महिलाहरु प्रत्येक काम वा पढाईमा राम्रो अंक ल्याईराखेका हुन्छन ।
तर थाईल्याण्डको सरकारी पदमा भने महिलाको उपस्थिती न्युन नै देखिन्छ । सन् २०१७ को संसदीय चुनावमा महिलाको उपस्थिती विश्वको तुलनामा थाईल्याण्डको १ सय ८१ स्थान तल थियो ।
त्यहाँका महिलाहरुले यातायात, रियल स्टेट लगायतका क्षेत्रहरुमा नेतृत्वको भुमिका सम्हालेका छन । उनीहरु प्रायःजसो घरबाहिरै काम गर्न तल्लिन रहन्छन र उनीहरुको पढाइमा पनि पहुँच राम्रो छ ।
थाईल्याण्डका महिलाहरु विश्वका अन्य देश जस्तै जापान, दक्षिण कोरियाका महिलाभन्दा फरक छन । उनीहरु घरको जिम्मेवारी सम्हाल्दै घरबाहिर पनि ब्यवसायीक काममा लागिरहेका हुन्छन ।
थाईल्याडका महिलाहरुलाई त्यहाँको नियम तथा कानुनका कारण ब्यवसायिक क्षेत्रका कामका धेरै अवसरहरु रहेको छ । त्यहाँका महिलाहरु बैंकिङ, इन्सोरेन्स, तथा विभिन्न क्षेत्रमा प्रमुखको भुमिकामा रहेका छन ।
साथै उनीहरुलाई केही राजनीतिक दलहरुले पनि पुरुष र महिलावीचको भेदभाव घटाउन मद्दत गरिरहेका छन ।
थाईल्याण्डका महिलाहरु तत्काल सफलताको लागि आशा गर्दैनन । उनीहरु कुनै किसिमको कामको फल पाउनका लागि समय लाग्नेमा विश्वास गर्छन ।
उनीहरुको यहि खुबीका कारण उनीहरुले ब्यवसायमा पहिलो स्थान हात पार्नका लागि सहयोग पुगेको छ ।
यस्तै उनीहरुलाई सफलता दिलाउन पारिवारिक ब्यवसायको पनि उत्तिकै हात रहेको पाईन्छ । कतिपय महिलाहरुले आफ्नो परिवारले परम्परागत रुपमा अंगाल्दै आएको ब्यवसायलाई नै आधुनिकिकरणमा रुपान्तरण गर्दै ब्यवासायी बनेका छन । यस्तै उनीहरु आफ्नो पेशालाई नै सर्वमान्य मान्दै काम गर्ने भएकाले पनि ब्यवसायमा फस्टाएको देखिन्छ ।
यस्तै त्यहाँका महिलाहरु ब्यवसायमा अब्बल हुनु पनि उनीहरुको सफलताको ठूलो राज हो । उनीहरुको कामप्रतिको लगाव पनि उत्तिकै देखिन्छ ।
उनीहरु आफ्ना सन्तान भएको खण्डमा पनि कामका सकेसम्म खटिरहेका हुन्छन । त्यहाँको संस्कृति तेस्रो पुस्तसम्म सँगै बस्ने खालको संस्कृति हो । त्यसैले त्यहाँ कामको बाँडफाँड भन्दा पनि सबैजना आ–आफ्नो पेशामा लागिपरेका हुन्छन् ।