Logo

सिन्धु ज्वाला हाइड्रोपावरको पीपीए सम्पन्न, ६४ मेगावाटको २ आयोजना सम्पन्न गर्न ३ वर्ष लाग्ने

सिन्धु ज्वाला हाइड्रोपावरको पीपीए सम्पन्न, ६४ मेगावाटको २ आयोजना सम्पन्न गर्न ३ वर्ष लाग्ने



काठमाडौं । सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता भएको छ । कम्पनीले निर्माण गर्ने अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता भएको हो ।

आईतबार भएको सो सम्झौतामा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमा सिंह र सिन्धु ज्वाला हाइड्रोपावरका प्रवन्ध संचालक बद्रीबहादुर कार्कीले हस्ताक्षर गरेका छन ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माण गर्न लागिएको २१ मेगावाटको उक्त आयोजना ‘टेक अर पे’ को आधारमा विद्युत खरिद सम्झौता भएको हो ।

अपर नेसम खोला जलविद्युत आयोजना ४३ मेगावाटको काम भने निर्माणको चरणमा रहेको आयोजनाले जानकारी दिएको छ । अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता पछि सिन्धु ज्वाला हाईड्रोपावरले ६४ मेगावाटको २ हाइड्रो योजना निर्माण गर्ने भएको छ ।

एकै स्थानमा निर्माणहुने उक्त दुवै आयोजना ३ बर्ष भित्र सम्पन्न गर्ने योजना रहेको कम्पनीका प्रवन्ध सञ्चालक कार्कीले जानकारी दिएका छन । उक्त जलविद्युत आयोजना निर्माणको लागि करिव ३ अर्ब रुपैयाँ भन्दा माथि लागत लाग्ने अनुमान रहेकोे कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्