काठमाडौं । सरकारले नेपाली निर्यातजन्य बस्तुहरुमा नगद अनुदान दिने भएको छ । उद्योग वाण्ज्यि तथा आपुर्ती मन्त्रालयले निर्यातमा नगद प्रोत्साहन सम्बन्धी कार्यविधि २०७० खारेज गर्दै नयाँ कार्यविधि मार्फत निर्यातित बस्तुमा ५ प्रतिशत र ३ प्रतिशत नगद अनुदान दिने भएको हो ।
सरकारले नेपालमा उत्पादित शुद्ध कच्चा पदार्थ जस्तै चिया, कफी, हस्तकला तथा काष्ठकलाका बस्तु लगायत १५ बस्तुमा ५ प्रतिशत नगद अनुदान दिने भएको हो भने बाहिरबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गरिएका सामान जस्तै सुन चाँदीका गरगहना, लत्ता कपडा लगायत ११ ओटा बस्तुमा भने ३ प्रतिशत नगद अनुदान दिने जानकारी दिएको छ ।
सरकारले हाल रहेको बढ्दो व्यापारघाटालाई मध्यनजर गर्दै उक्त बस्तुहरुलाई २ भागमा विभाजित गर्दै नगद अनुदान दिने भएको हो ।