Logo

कतारले अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर लगानी गर्ने, ग्याँस उत्पादन साढे १ करोड टनले वृद्धि गर्दै

कतारले अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर लगानी गर्ने, ग्याँस उत्पादन साढे १ करोड टनले वृद्धि गर्दै



काठमाडौं । कतारले आगामी ५ बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर भन्दा बढी लगानी गर्ने जानकारी दिएको छ ।

खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी ५ बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको हो ।

दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताए ।

कतारले आगामी ५ बर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ, उनले भने, ‘यो योजनामार्फत कतारको मुख्य लक्ष्य अर्बौं डलरको गोल्डेन पास एलएनजीको अन्तिम स्टेसन टेक्सासमा लगानी गरी पूरानो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने रहेको छ ।’

कतार पेट्रोलियमले एक्जेम मोविल र कोनोको फिलिप्ससँग मिलेर उक्त योजनामा ७० प्रतिशत लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत यि दुई फर्मको रहनेछ ।

कतारले आगामी ५ बर्षमा आफ्नो ग्यास उत्पादन क्षमतामा बार्षिक १ करोड ६० लाख टन वृद्धि गर्ने र सन् २०२३ सम्ममा उत्पादनलाई बार्षिक १ अर्ब १० करोड टन पु¥याउने लक्ष्य लिएको छ ।

कतारले यसै महिनादेखि साउदी अरबको प्रभाब रहेको तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) बाट अलग्गिने घोषणा गरेको थियो । काबीले उक्त निर्णय कुनै राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्