काठमाडौं । मध्ये भोटेकोशी जलविद्युत कम्पनीले कार्तिक २८ गतेदेखि साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । आयोजनाले बुधबार नेपाल विद्युत प्राधिकरणको भवनमा एक कार्यक्रमको आयोजना गर्दै उक्त आईपिओ निष्कासन गर्ने जानकारी दिएको हो ।
आयोजनाले कर्मचारी संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका शेयरधनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुका लागि गरेर जम्मा १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।
आयोजनाले कर्मचारी संचयकर्ताका लागि कुल जारी पुँजीको १९ दशमलव ५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनीका कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरुका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर दिने जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लामा १ सय २ मेगावाट क्षमताको उक्त आयोजनाको अधिकृत पुँजी ६ अर्ब २१ करोड रहेको छ । आयोजनाको कुल लागतमध्ये ५० प्रतिशत लगानी स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने कम्पनीले जानकारी दिएको छ ।
उक्त आयोजनाको जारी पुँजीको ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक शेयरधनीहरु जसमा सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्काशन गरिने भएको हो । यस्तै कम्पनीले पहिलो चरणमा १ सय रुपैयाँ अंकित दरका १ करोड ४४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।
संचयकर्ताहरुले २८ कार्तिक देखि मंसिर १४ गतेसम्म सेयरका लागि आवेदन दिन सक्नेछन । उक्त सेयरको आवेदनका लागि देशभरका सी आस्वा सवा प्रवदान गर्ने बैंकहरुमा दिन सकिने कम्पनीले जानकारी दिएको छ । उक्त आवेदनका आवेदकहरुको सिआरएन नंवर अनिवार्य गरिएको कम्पनीले जानकारी दिएको छ ।
यस्तै कर्मचारी संचय कोषका संचयकर्ताहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १२ सय कित्ता सम्म आवेदन भर्न सक्नेछन ।
यस्तै संचयकोषका कर्मचारीले पनि सोहि संख्यामा आवेदन दिन सक्नेछन ।