Logo

तामाकोशी जलविद्युत आयोजनाको सेयर आजै बाँडफाँड हुने, स्थानीयले न्युनतम ३४ देखि १०२ कित्ता सम्म सेयर पाउने

तामाकोशी जलविद्युत आयोजनाको सेयर आजै बाँडफाँड हुने, स्थानीयले न्युनतम ३४ देखि १०२ कित्ता सम्म सेयर पाउने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको लागि छुट्याएको १० प्रतिशत सेयर आज बाँडफाँड हुने भएको छ ।
आयोजनाले स्थानीय दोलखाबासीका लागि जारी गरेको सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन ।

उनका अनुसार क,ख,ग मोडल अनुसार ३४ कित्ता देखी १०२ कित्ता सम्म स्थानीले तामाकोशीको सेयर पाउने भएका छन ।

उक्त मोडल अनुसार क बर्गकाले १०२ कित्ता, ख बर्गले ४८ र ग बर्गकाले ३० देखि ३४ कित्ता सम्म पाउने भएका छन । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) बिक्री गरेको ४ महीनापछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आज सेयर बाँडफाँड गर्ने भएको हो । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको सेयर कम्पनीले ४ महीनापछि बाँडफाँड गर्न लागेको हो ।

आयोजनाले सेयर बाँडफाँड पछि आवेदकको बाँकी रकम ५ दिनभित्रै आवेदन भरेको खाता मार्फत नै फिर्ता हुने प्रवक्ता न्यौपानेले जानकारी दिएका छन ।

आयोजनाले सर्वसाधरणको लागि १५ गते देखि ४ दिनका लागि सेयर आवेदन खुल्ला गर्ने भएको छ । सर्वसाधरणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर विक्री गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL