Logo

नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने बंगलादेशी प्रमको घोषणा, दिईन २० बर्षे टार्गेट

नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने बंगलादेशी प्रमको घोषणा, दिईन २० बर्षे टार्गेट



काठमाडौं । नेपालसँग बंगलादेश सरकारले ९ हजार मेगावाट जलविद्युत खरिद गर्ने भएको छ । बंगलादेशले २०४० भित्र नेपालबाट ९ हजार मेवा विजुली खरिद गर्ने गरी कार्य अघि बढेको बताएको छ ।

बंगलादेशमा भईरहेको पावर एन्ड ईनर्जी वीकमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उक्त घोषणा गरेकी हुन ।

उनले नेपालसँग इनर्जी कोअपरेशनको लागि सम्झौता भईसकेको बताउँदै नेपालसँग अबको २० बर्षमा ९ हजार मेवा जलविद्युत किन्ने घोषणा गरेकी हुन ।

साथै उक्त इनर्जी वीकमा नेपालबाट सहभागी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले नेपालले अबको १० बर्षमा १५ हजार मेवा विद्युत उत्पादन गरिसक्ने बताउँदै नेपालाई विद्युत बेच्न कुनै समस्या नभएको बताएका छन ।

गत अगस्टमा मन्त्री पुन र बंगलादेशका उर्जा मन्त्री नसरुल हमिदबीच इनर्जी कोअपरेशनका लागि सम्झौता भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL