Logo

माथिल्लो तामाकोशीको सेयरमा १ लाख ८८ हजार स्थानीयको आवेदन, २ अर्ब ८३ करोड संकलन

माथिल्लो तामाकोशीको सेयरमा १ लाख ८८ हजार स्थानीयको आवेदन, २ अर्ब ८३ करोड संकलन



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयरमा हालसम्म १ लाख ८८ हजार स्थानीयले आवेदन दिएका छन् । सेयर आवेदन दिने समय सकिन एक दिन अघिसम्म उक्त आवेदन परेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले स्थानीयका लागि साउन १६ गते देखी भदौ १४ सम्मको लागि सेयर आवेदन खुला गरेको थियो । तर, सो समयावधिभित्र स्थानीयको आवेदन कम परेपछि पुनः १ हप्ताको लागि समय थप गरेको थियो ।

करिब २ लाख ९० हजार जनसंख्या रहेको दोलखामा हाल सम्म १ लाख ८८ हजार जनाले मात्र सेयर आवेदन दिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले थप गरेको समय बिहीबार सकिदैछ ।

आयोजनाले स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न आवेदन खुला गरेको थियो । कुल २ करोड ६४ लाख ७५ हजार कित्ता प्राथमिक सेयरमध्ये १ करोड ५ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई वितरण गर्न लागेको हो ।

स्थानीय बासीको लागि खुला गरेको सेयर भदौ १९ गतेसम्म १ लाख ८८ हजार आवेदनमार्फत २ अर्ब ८३ करोड रुपैयाँ रकम संकलन भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाले बाँकी १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर भने अवको करिब २ महिना भित्रै सर्वसाधरणलाई बिक्री गर्ने छ ।

न्यौपानेका अनुसार स्थानीयलाई जारी गरेको सो सेयर अबको २ महिना भित्र बाँडफँड हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL