Logo

तामाकोशीको सेयर आवेदन समय एक हप्ता थप, हाल सम्म १ लाख ६७ हजार आवेदन

तामाकोशीको सेयर आवेदन समय एक हप्ता थप, हाल सम्म १ लाख ६७ हजार आवेदन



काठमाडौं । माथिल्लो तामाकोशीको सेयर आवेदन समय थप भएको छ ।

दोलखाबासीलाई सेयर आवेदनमा समय अपुग भए पछि नेपाल धितोपत्रबोर्डले एक हप्ताको समय थप गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएको छ ।

थप भएको समय अनुसार भदौ २१ गते सम्म जिल्लाबासीले सेयर आवेदन दिन पाउने भएको हो । स्थानीयबासी र जिल्ला समन्वय समितिको अनुरोधमा सुचना प्रकासित गर्दै धितोपत्रबोर्डले एक हप्ताको समय थप गरेको जानकारी दिएको छ ।

सेयर हाल्नको लागि नागरिको चाप अहिले पनि धेरै रहेको र समय आज मात्र भएको हुँदा समय अपुग हुने भएकाले समय थप गरेको आयोजनाले जानकारी दिएको हो ।

तामाकोशीको सेयर आवेदनमा हाल सम्म १ लाख ६७ हजारजनाको आवेदन परेको छ भने करिब २ अर्ब रुपैयाँ रकम उठीसकेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL