Logo

निम्बसको खानेतेलमा अखाद्य बस्तु भेटियो, कारबाहीका लागि सिफारिस

निम्बसको खानेतेलमा अखाद्य बस्तु भेटियो, कारबाहीका लागि सिफारिस



काठमाडौं । निम्बस समुहले उत्पादन गरेको खाने तेलमा अखाद्य बस्तु भेटिएको छ । निम्बसले उत्पादन गर्दै आएको सनफ्लावर तेल, भटमासको तेल र सुर्यमुखी तेलमा अखाद्य बस्तु भेटिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए ।

मन्त्री मातृका यादवले साउन २३ गते आकस्मिक अनुगमन गरेर प्रयोगशालामा जाँच गर्दा निम्बसले उत्पादन गर्दै आएको खाने तेलमा अखाद्य बस्तु भेटिएको हो ।

उक्त उत्पादनहरु अखाद्य भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०५४ बमोजिम कारबाही प्रकृया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।

साथै कालिमाटी तरकारी बजारमा पनि अवैध रुपमा तरकारी तथा फलफुलहरु बिक्री वितरण भए नभएको तथा मूल्य निर्धारणमा अनियमितता भए सोही बमोजिमको कारबाहीका लागि छानविन समिति गठन गरि प्रतिवेदन बुझाउन पनि अनुरोध गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै बजारमा गैर कानुनी र अनियमित काम कारबाही गरी आम उपभोक्तालाई मर्कामा पार्ने जोकोहीलाई पनि कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिवद्धता गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL