Logo

रसुवागढी जलविद्युत आयोजनाको बाँध निर्माण स्थगित, सुरुङ निर्माण अन्तिम चरणमा

रसुवागढी जलविद्युत आयोजनाको बाँध निर्माण स्थगित, सुरुङ निर्माण अन्तिम चरणमा



काठमाडौं । निर्माणाधीन १ सय ११ मेगावाट रसुवागढी जलविद्युत आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ ।

आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव बढेकाले बाँध निर्माण स्थगित गर्नु परेको हो ।भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको उनले बताए ।

पानीको बहाव प्रतिसेकेण्ड झण्डै ५ हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ ।

भूमिगत संरचनाको काम भने सञ्चालन भइरहेको छ । ४ हजार २ सय ३ मिटर हेडरेस सुरुङको निर्माण अन्तिम चरणमा पुगेको गैरेले जानकारी दिएका छन ।

यही साउन ११ गते क्षति भएको टिमुरे घट्टेखोला राजमार्गको पक्की पुल मर्मत द्रुतरुपमा अगाडि बढिरहेको सडक डिभिजन नुवाकोटाका प्रमुख नीरज शाक्यले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्