Logo

हटेन नक्कली ट्रेडमार्कको बिगबिगी, समस्यामा भारतीय बीएमसी मसला

हटेन नक्कली ट्रेडमार्कको बिगबिगी, समस्यामा भारतीय बीएमसी मसला



काठमाडौं । स्थापित विदेशी कम्पनीको जस्तै ट्रेडमार्क सिर्जना गरेर आफ्नो बजार विस्तार गर्ने प्रवृत्ति नेपालमा नौलो होइन । नेपाल प्रवेश गर्न सक्ने सम्भावित विदेशी कम्पनीसँग मिल्दो ट्रेडमार्क दर्ता गरेर होल्ड गर्ने प्रवृत्ति यसअघि व्याप्त नै थियो ।

यस्तै प्रवृत्तिको सिकारमा परेको थियो जापानी पेन्ट्स उत्पादक कम्पनी कान्साई नेरोल्याक । तर उक्त पेन्ट्स नेपाल प्रवेश गर्नुअघि नै त्यस्तै किसिमको आरसीआई नेरोल्याक दर्ता भएकोले विश्व बजारमा स्थापित आफ्नो ट्रेडमार्क कान्साईले यहाँ प्रयोग गर्न पाएन । अहिले बजारमा आफ्नो वास्तविक ट्रेडमार्क गुमाएर जेएनपी पेन्ट्सको नाममा विक्रि गरिरहेको छ ।

पछिल्लो पटक यस्तै नक्कली ट्रेडमार्कको मारमा परेको छ भारतीय चर्चित मुसाला उत्पादक बीएमसी । बीएमसीको स्थापित ट्रेडमार्क जस्तै देखिने गरी स्थानीय मसाला उद्योगले प्रचार गर्न थालेपछि बीएमसी समस्यामा परेको छ ।

करिब उस्तै ट्रेडमार्कमा बजारमा उपलब्ध मसालाले पछिल्लो समय प्रत्येक महिना ४० कार्टुन मिक्स मसाला डिलरले लिएमा आकर्षक उपहार उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै उक्त कम्पनीले बीएमसी ट्रेडमार्कमा उत्पादीत मसाला खरिद गरेमा काठमाडौंको होटलमा भव्य कार्यक्रममा सहभागि गराउने समेत भनेर विक्रि गरिरहेको छ ।

भारतीय बीएमसीले आफ्नो कम्पनीले त्यस्तो कुनै किसिमको अफर नल्याएकोले यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेको छ । कम्पनीले बीएमसीको नामको खराब उपयोग गरी ग्राहकमा भ्रम पैदा गरिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्