Logo

त्रिशूली जलविद्युत आयोजना संचालनमा, २ ब्रेकर मार्फत उत्पादन

त्रिशूली जलविद्युत आयोजना संचालनमा, २ ब्रेकर मार्फत उत्पादन



काठमाडौं । आगलागीको कारण उत्पादन रोकिएको त्रिशूली जलविद्युत केन्द्रले पूर्णरुपमा विद्युत उत्पादन गर्न थालेको छ ।

गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्दको विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत अवरुद्ध भएको थियो ।

३ ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले २ वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए । ‘अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत प्राधिकरणकै अर्को शाखाबाट २ वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले २ वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ’ प्रमुख भट्टले भने ।

आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब १ करोड रुपैयाँको क्षति भए पनि विद्युत उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL