Logo

३ महिनामा दर्ता भए ५ हजार नयाँ कम्पनी, सबैभन्दा बढी प्रदेश नंबर ३ मा

३ महिनामा दर्ता भए ५ हजार नयाँ कम्पनी, सबैभन्दा बढी प्रदेश नंबर ३ मा



काठमाडौं । पछिल्लो ३ महिनामा साना तथा ठुला गरि ५ हजारभन्दा बढि नयाँ कम्पनीहरु दर्ता भएका छन । कम्पनी रजिष्ट्रारको कार्यलयको पछिल्लो तथ्यांक अनुसार उक्त संख्यामा कम्पनीहरु दर्ता भएको उल्लेख छ ।

उक्त तथ्यांकअनुसार ३ महिनामा १ करोड सम्मको अधिकृत पूजी भएका कम्पनी मात्रै ४ हजार ५ सय ६२ ओटा रहेका छन । साथै उक्त समयमा १ करोडभन्दा माथिका ४० ओटा कम्पनीहरु दर्ता भएका छन । साथै यो ३ महिनामा १ अर्वभन्दा माथिका पनि ५ ओटा कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएका छन ।

कार्यलयको तथ्यांकअनुसार सो अवधिमा विदेशि कम्पनीहरु ९ ओटा दर्ता भएका छन भने अन्य २७ ओटा गैरसरकारी सार्वजनिक कम्पनीहरु दर्ता भएका छन । साथै अन्य गैर नाफामुलक १ सय ९ ओटा संस्थाहरु द्यर्ता भएका छन । यसका साथै उक्त अवधिमा सबैभन्द बढि कम्पनीहरु प्रदेश नंवर ३ मा दर्ता भएको पाईयो ।

तथ्यांकका अनुसार प्रदेस नंवर ३ मा उक्त ३ महिनामा ३ हजार ५ सय ६८ ओटा कम्पनीहरु दर्ता भएका छन । यसका साथै सबैभन्दा कम कम्पनीहरु दर्ता गर्ने प्रदेसमा प्रदेश नंबर ६ परेको छ । जसमा पछिल्लो ३ महिनामा जम्मा ७६ ओटा कम्पनीहरु दर्ता भएका छन । कार्यलयका अनुसार प्रदेश नंबर १ भने कम्पनीहरु धेरै दर्ता गराउने प्रदेशमध्ये दोस्रोमा परेको छ ।

प्रदेश नंबर १ मा गएको ३ महिनामा ४ सय ५१ ओटा कम्पनीहरु दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस्