Logo

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा, आगामी असारभीत्र सञ्चालनमा आउने

तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा, आगामी असारभीत्र सञ्चालनमा आउने



काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्म उत्पादन गर्ने तयारी गरिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए ।

आयोजनाले २०६९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि प्राकृतिक र मानवीय समस्याले अवरोध भएको थियो । ‘अब दुई प्रतिशत मात्रै काम बाँकी छ,’ जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले धने ।, ‘अबको काम सबै प्राविधिक विषयसँग सम्बन्धित भएकाले असारभित्रै उत्पादन थाल्नेमा हामी ढुक्क छौँ ।’

३ अर्ब ६० करोडको लागत अनुमानमा शुरु गरेको आयोजनाले निर्धारित अवधिमा काम नसकेपछि लागत पनि बढेको हो । आयोजनाले २०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपूँजी रहेको आयोजना पक्षले जनाएको छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट ४ हजार २ सय मिटर लामो सुरुङ हँुदै कुश्माको चुवास्थित परादीमा आयोजनाको पावर हाउस रहनेछ ।

प्रतिक्रिया दिनुहोस्