Logo

माथिल्लो तामाकोशी ५ मा एआईआईबीले लगानी गर्ने, अर्थमन्त्रीसँग अध्यक्ष जिनले गरे वाचा

माथिल्लो तामाकोशी ५ मा एआईआईबीले लगानी गर्ने, अर्थमन्त्रीसँग अध्यक्ष जिनले गरे वाचा



काठमाडौं । माथिल्लो तामाकोशी ५ जलविद्युत आयोजना (१०१) मेगावाटमा एशियाली पूर्धाधार लगानी बैंकले लगानी गर्ने भएको छ ।

भारतमा सम्पन्न एशियाली पूर्वाधार लगानी बैंकको तेस्रो बार्षिक बैंठकमा बोल्दै बैंकका अध्यक्ष जिन लिकुनले सो आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘नेपालको आग्रह अनुरुप हामी सो आयोजनामा लगानी गर्न तयार छौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यस आयोजनामा लगानी गर्ने विषयमा अध्ययन गरी सो आयोजनाको सम्भाव्यता अध्ययन सकिए लगतै लगानी गर्ने छौं ।’

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालका विभिन्न पुर्वाधार निर्माणको क्षेत्रमा सहयोग गर्न एशियाली पुर्वाधार लगानी बैंकलाइ आग्रह गरेका छन । उनले बुधबार भारतको मुम्वईमा आयोजित बैंकको तेस्रो बार्षिक बैठकमा बोल्दै नेपालमा विकासलाई प्रथामिकतामा राख्दै काम अघि बढिरहेको जानकारी दिँदै त्यसमा लगानी गर्न बैंकका अध्यक्ष जिन लिकुनलाई पनि आग्रह गरेका हुन् ।

खतिवडाले माथिल्लो तामाकोशी आयोजना १ सय १ मेगावाट निर्माणमा करिब १५ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै सोही अनुरुप लागनी गर्न आग्रह गरेका थिए । यसैगरी उनले अबका दिनहरुमा शहरमा मात्रै पुर्वाधारहरु विकास नभई गाउँहरुमा पनि शहरजत्तिकै पुर्वाधारयुक्त बनाउन सकेमा बसाइसराइ कम गर्न सकिने बताए ।

छलफलमा अर्थमन्त्री खतिवडाले नेपालमा रेल, द्वूतमार्ग, पर्यटकीय पूर्वाधार, जलविद्युत आयोजनाहरुमा लगानीगर्न बैंक समक्ष छिट्टै प्रस्ताव पेश गर्ने समेत जानकारी गराए ।

साथै सोहि बैठकमा नेपालको मध्य र पश्चिम नेपालको विद्युत वितरण प्रणालीमा सुधार गर्नको लागि १० लाख डलरको सहायता पत्रमा हस्ताक्षर पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL