Logo

जनता बैंकको अगुवाईमा डायमण्ड हाईड्रोपावरको वित्तीय व्यवस्थापन, बैंक मार्फत ७० प्रतिशत परियोजना कर्जा

जनता बैंकको अगुवाईमा डायमण्ड हाईड्रोपावरको वित्तीय व्यवस्थापन, बैंक मार्फत ७० प्रतिशत परियोजना कर्जा



काठमाडौं । कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावरले ले प्रवर्धन गरेको १० मेगावाट क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्था सम्पन्न भएको छ ।

जनता बैंक, कुमारी बैंक र सेञ्चुरी कमर्सियल बैँकको सहभागितामा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंकका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।

सम्झौता अनुसार आयोजना निर्माणको लागि बैंकहरुले कुल लागतको ७० प्रतिशत रकम परियोजना कर्जा प्रदान गर्ने भएको हो । आयोजनाको कुल लागत भने १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखाको दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदीखोलामा २० मिटरको बाँध निर्माण हुने छ ।

आयोजनाले फ्रान्सिस टरवाइन २ वटाको माध्यमबाट विद्युत उत्पादन गरी पानीलाई पुन दरौंदी खोलामा छाडीने जानकारी दिएको छ ।

परियोजनाको प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५ करोड १८ लाख ३२ हजार ८ सय ८८ युनिट विद्युती उत्पादन हुनेछ ।

उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्