Logo

मापदण्ड विपरित संचालित काठमाडौं स्टिलको इजाजतपत्र खारेज, कम गुणस्तरका सामान उत्पादन

मापदण्ड विपरित संचालित काठमाडौं स्टिलको इजाजतपत्र खारेज, कम गुणस्तरका सामान उत्पादन



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिलको इजाजतपत्र खारेज गरेको छ ।

मापदण्ड वितरित संचालन गरेको भन्दै विभागले नवलपरासी स्थित काठमाडौं स्टिलको इजाजतपत्र खारेज गरेको हो ।

विभागमा मंगलबार बसेको बैठकले गुणस्तर बमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नभएको भन्दै इजाजतपत्र खारेज गरेको बताएका छन ।

उक्त उद्योगबाट उत्पादित ५ सय ग्रेडका ८ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धारित मापदण्ड भन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL