Logo

बजेटप्रति नेउवा महासंघको फरक मत, भन्छन यो लगानीमैत्री भएन

बजेटप्रति नेउवा महासंघको फरक मत, भन्छन यो लगानीमैत्री भएन



काठमाडौं । नेपाल उद्योग वाणीज्य महासंघले नेपाल सरकारले हालै प्रस्तुत गरेको बजेट लगानीमैत्रि नभएको निश्कर्ष निकालेको छ ।
विहिबार आयोजित कार्यक्रममा महासंघका विभिन्न पदाधिकारीहरुले हालको बजेट समयानुकुल र पारस्पारीक भएपनि आफुहरुले सोचेजस्तो नभएको जानकारी दिएका छन ।

सरकारले उद्योगको पक्षलाइ ध्यानमा राखेर बजेट बनाएपनि भन्सारमा भने कुनै प्रकारको छुट नदिएको हुनाले उत्पादन निर्यातमा असर पर्ने उनिहरुको धारणा थियो ।

साथै सरकारले बजेटमा प्रस्तुत गरेको ५ लाखलाइ रोजगारी दिने र आर्थिक वृद्धि ८ प्रतिशतले बढाउने कुराको खण्डन गर्दै निजी क्षेत्रलाइ विकासको सारथी बनाए मात्र यो सम्भव हुने जानकारी दिएका छन ।

यसपालीको बजेट केही गरी हालौं भन्नेहरु लाई आकर्षित गर्न र निजी क्षेत्रलाइ प्ररित गर्न चुनौतीपूर्ण रहेको कार्यक्रममा उपस्थित महासंघका पदाधिकारीहरुले जानकारी दिएका छन ।

साथै महासंघले सरकारलाइ लगानी प्रवद्र्धनका लागि सस्तो र स्थिर व्याजदरमा ऋण उपलब्ध हुने व्यबस्था मिलाइदिन पनि कदम चाल्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL