Logo

आगामी ५ बर्षमा सबै नेपालीको घरमा विद्युत, अबको १० बर्षलाई उर्जा दशकको रुपमा मनाइने

आगामी ५ बर्षमा सबै नेपालीको घरमा विद्युत, अबको १० बर्षलाई उर्जा दशकको रुपमा मनाइने



काठमाडौं । आगामी ३ बर्षमा सबै नेपालीको घरमा आधुनिक उर्जा र ५ बर्षमा सबै घरपरिवारलाई माग बमोजिमको विद्युत उपलब्ध गराउने भएको छ । साथै सरकारले आगामी १० बर्षलाइ उर्जा दशकको रुपमा मनाउने उद्देश्य अनुरुप उर्जा क्षेत्रका योजनाहरुको भरपुर मात्रामा कार्यन्वयन गर्दै अधिक विकास गर्ने लक्ष्यसहित उर्जा दशकको रुपमा घोषणा गरेको हो ।

यसका साथै सरकारले सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको जलविद्युत आयोजना कार्यन्वयनमा ल्याउने पनि भएको छ । सरकारले हरेक प्रदेशमा कम्तीमा एक बहुउद्देश्यीय जलविद्युत आयोजना सञ्चालन गर्नुका साथै पश्चिम सेती आयोजना स्वदेशी लगानीमै निर्माण अघि बढाउने अर्थमन्त्रीले जानकारी दिए ।

साथै सरकारले आगामी बर्षका उर्जा क्षेत्रमा देखापरेको हरेक समस्याको समाधान गर्न वायु उर्जा, सौर्य उर्जा, फोहोरबाट उर्जा लगायतका क्षेत्रमा लगानी गर्दे देशमा उर्जा संकट हटाउने लक्ष्य लिएको छ ।

सरकारले उर्जा क्षेत्रको समग्र विकासका लागि ८३ अर्ब ८९ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । सोमबार संघीय संसदमा आर्थिक बर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उर्जा क्षेत्रको प्रवद्र्धन गर्दे बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL