काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा एक प्रदेश १ उद्योगको अवधारण ल्याएको छ ।
एक प्रदेश १ उद्योगको अवधारण सँगै सरकारले आगामी ३ बर्ष भित्र स्थानीय तहमा निजी क्षेत्रको सहभागितामा उद्योग ग्राम स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक बर्ष प्रत्येक प्रदेशमा न्युनतम २० उद्योग ग्रामको पूर्वधार विकासको लागि सरकारले २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले आगामी २ बर्ष भित्रमा चिनी, औषधि, फलामे डण्डी, काठ, सिमेन्ट लगायतका आधारभुत निर्माण सामग्रीका एक दर्जन वस्तुहरुमा आत्म निर्भर हुने उद्देश्यले त्यस्ता उत्पादनलाई जोड दिने भएको छ ,
सरकारले प्रस्तुत गरेको बजेट मार्फत जुट, गलैंचा तथा रेसम कपास लगायतका वस्तुमा निर्यात प्रर्वद्धनमा विशेष जोड दिने भएको छ ।
शीप विकास तथा तालिमको माध्यमबाट महिला उद्यमशिल विकास गरी संचालन हुने परियोजनामा १५ लाख रुपैयाँ सम्म सामुहिक ऋणमा ६ प्रतिशत ब्याजको ब्यवस्था समेत गरेको छ ।