काठमाडौं । सरकारले रुग्ण उद्योगलाई सार्वजनिक–निजी साझेदारीमा अवधारणमा संचालन गरिने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै रुग्ण उद्योगहरुलाई निजी साझेदारी अवधारणमा संचालन गर्ने घोषणा गरेको हो ।
यसैगरी सरकारले राष्ट्रिय आपूर्ति कम्पनी कम्पनी स्थापना गर्ने भएको छ । साथै हाल संचालमा रहेको खाद्य संस्थान र नेशनल ट्रेडिङलाई पनि सोही कम्पनी अन्तरगत ल्याईने भएको छ ।