Logo

संक्रमणकालले उद्योग फस्टाउन सकेन , छिटो संविधान ल्याउन महासंघको आग्रह

संक्रमणकालले उद्योग फस्टाउन सकेन , छिटो संविधान ल्याउन महासंघको आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१०,फागुन,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुक अन्तहिन संक्रमणकालबाट गुज्रिएकोले अर्थतन्त्र विस्तार नभएको वताएका छन् ।

इलाम उद्योग वाणिज्य संघको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संक्रमणकाल यथावत रहदा उद्योग व्यवसाय विस्तार हुन नसकेको तथा निजी क्षेत्रका माग अनुसार आवश्यक ऐन कानूनहरु आउन नसकेको बताए । ‘दुई दशकभन्दा पुराना ऐनहरुलाई संशोधन गरि छिटो ल्याउन आग्रह गर्दा अहिलेसम्म पनि आउन सकेन’ उनले भने ।

संविधान निर्धारित समयमा ल्याउन र मुलुकमा स्थिर राजनीतिक वातावरण वनाउन महासंघले वारम्वार ध्यानाकर्षण गराउदा पनि दलहरुले महत्वपूर्ण समय खेर फालेकोमा दुखेसो व्यक्त गरे । साथै पाण्डेले अव पनि दलहरु राजनीतिक सहमती र सहभागितामा छिटो संविधान ल्याउने तिर नलागेमा मुलुकले निकै ठूलो आर्थिक क्षति व्यहोर्ने चेतावनी दिए ।

मुलुकको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान रहेको निजी क्षेत्रको सक्रियताकै कारण शिक्षा, स्वास्थ्य,पर्यटन र सेवा क्षेत्रले फड्को मारेको दावी उनको  दावी छ । अध्यक्ष पाण्डेले देशभित्र स्थिर राजनीति हुन सक्यो भने निजी क्षेत्रकै नेतृत्वमा मुलुकको आर्थिक विकासमा आमुल परिवर्तन हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा उनले रोजगारीका लागि वाह्य मुलुक जानुपर्ने वातावरणको अन्त्य गर्न सरकार तथा दलहरु समक्ष आग्रह गरे । मध्यपमहाडी राजमार्ग र बूढीगण्डकी परियोजना छिटो सम्पन्न भएमा नेपाल छिटो अगाडी बढ्ने धारणा पनि व्यक्त गरे ।

सो अवसरमा  इलाममा उद्योग व्यवसाय गरि योगदान पुर्याउने  व्यवसायीहरु केशवलाल खड्की, प्रल्हाद चौधरी, सुरेश मास्के, र देवेन्द्र शंकरलाई सम्मानित भएका छन् । कार्यक्रममा महासंघको कार्यकारिणी समिति सदस्यहरु टंक दुलाल, केशवराज पाण्डे, प्रकाश प्रशाईं,संघकी अध्यक्ष सुशिला सापकोटालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL