Logo

२०२३ सम्म २३ सय मेवा विद्युत थपिदै

२०२३ सम्म २३ सय मेवा विद्युत थपिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी ५ बर्ष भित्र नेपालमा थप २ हजार ३ सय ९ मेगावाट विद्युत उत्पादन हुने भएको छ । निर्माणाधिन १० ओटा जलविद्युत आयोजनाबाट सन् २०२३ सम्म २ हजार ३ सय ९ मेगावाट बराबरको विद्युत उत्पादन हुने भएको हो ।

निर्माणाधिन १० ओजनामध्य ६ ओटा नेपाल विद्युत प्राधिकरणको सहायक कक्पनी र अन्य ४ ओटा रहेको छ । प्राधिकरणकोे सहायक कम्पनीको रुपमा माथिल्लो तामाकोसी, तनहुँ, माथिल्लो सान्जेन, सान्जेन, मध्यभोटेकोशी र रसुवागढी जलविद्युत आयोजना रहेका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी २०७५ मंंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो आयोजनाको ९३ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ ।

हाल त्यस्तै १ सय ४० मेगाको तनहुँ जलविद्युत आयोजना २०२२ देखि २०२३ सम्म सम्पन्न गर्ने योजनासहित निर्माण कार्य अघि बढाइएको छ । आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । आयोजनामा प्राधिकरणका साथै एडिबी, जाइक र युरोपेली बैंकको लगानी रहने छ ।

त्यसैगरी ४२ दशमलब ५ मेवाको सान्जेन २०२० सम्म, अपर सान्जेन १४ दशमलब ८ मेवाको २०१८ सम्म र १ सय २ मेवाको मध्यभोटेकोशी सने २०१९ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सो आयोजना कुल १५ अर्ब रुपैयाँ लागतमा सन् २०१३ देखि निर्माण शुरु भएको हो । शुरुमा २०१६ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिले २०१९ बाट विद्युत उत्पादन गरिने भनिएको छ । सो अयोजनामा चिलिमेको ३८, प्राधिकरणको १०, नेपाल अरनिको हाइड्रो, सिन्ुध इनभेष्टमेन्ट तथा सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको १÷ १ प्रतिशत संस्थापक सेयर रहने छ ।

चिलिमे जलविद्युत आयोजनाद्धारा प्रवद्र्धित १ सय ११ मेवाको रसुवागढी आयोजना २०२० सम्म सम्पन्न हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक आयोजनाहरु सञ्चालनमा आएसँगै ८ सय ६६ मेवा विद्युत उत्पादन हुने छ ।

त्यसैगरी कुलेखानी तेस्रो, त्रिशुली थ्री ए र रघुघाट जलविद्युत आयोजना रहेका छन् । कुुलेखानी तेस्रो १४ मेगावाटको आयोजना २०२०सम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ । राहुघाट ४० मेवा आगामी २०२१ सम्म सम्पन्न गरिने बताइएको छ ।

त्यसैगरी अन्य साना ठूला ९२ ओटा आयोजनाबाट १२९८ मेवा विद्युत उत्पादन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL