काठमाडौं । अर्बपती विनोद चौधरीको नाम समानुपातिक सूचीमा परेको छ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा चौधरीको नाम समावेश गरिएको हो ।
नेपाली काँग्रेसले आइतबार संसोधन सहित सूची आयोगमा बुझाएको थियो ।
चौधरी पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका थिए । उनी चौधरी एमालेका नेताहरुसँग राम्रो सम्वन्धकै कारण एमाले पार्टीबाट सभासद भएका थिए।
तर पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका छन् ।