Logo

थापाखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, तिहार अघि साढे १३ मेवा विद्युत थपिने

थापाखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, तिहार अघि साढे १३ मेवा विद्युत थपिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साढे १३ मेगावाटको थापाखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको टुकुचेमा निर्माणधिन १३ दशमलव ६ मेगावाटको सो जलविद्युत आयोजना निर्माण भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

आयोजनाका अनुसार सो विद्युत तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाले दशैको पहिलो हप्ताबाट परीक्षण उत्पादन शुरु गरेको थियो । हाल परीक्षण उत्पादन भइरहेको र यही असोजको अन्तिमहप्ताबाट केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ । सो आयोजना २ अर्ब ५६ करोडको लागतमा निर्माण भएको हो ।

कम्पनीले चार वर्षमा सो आयोजना निर्माण सम्पन्न गरेको हो । साथै आयोजनाले विजुलीलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ । बेनी–जोमसोम सडकको टुकुचे खण्ड भन्दा करिब ५ सय मिटरभित्र आयोजनाको विद्युतगृह छ ।

प्रतिक्रिया दिनुहोस्
MBL