Logo

चौधरी ग्रुपले सुरु गर्यो १० अर्बको भेन्चर क्यापिटल, नयाँ उद्यमीलाई लगानी जुटाइदिने

चौधरी ग्रुपले सुरु गर्यो १० अर्बको भेन्चर क्यापिटल, नयाँ उद्यमीलाई लगानी जुटाइदिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी ग्रुपको संलग्नतामा सिङ्गापुरमा रहेको प्रिस्टेल भेन्चर्सले १० अर्ब रुपैयाँभन्दा बढी(१० करोड डलर) रकम सहितको भेन्चर क्यापिटल कोष सार्वजनिक गरेको छ । नेपाल, भारत, श्रीलङ्का र बङ्गलादेशका उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित उक्त कोष स्थापना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त कोषमा नेपालको सीजी कर्प ग्लोबल, भारतको सेटिन क्रेडिटकेयर, मौरिससमा रहेको फ्रण्टलाइन स्ट्राटेजी र नेपालको व्यापारीक घराना एनई गु्रप जनरल पार्टनरका रुपमा रहेका छन् । ‘दक्षिण एसियामा हस्पिटालिटी, उपभोक्ता तथा वित्तीय सेवा, ग्रामिण उत्पादन र सेवा क्षेत्रमा काम गर्दै आएका उत्साहित उद्यमीलाई २० देखि ३० लाख डलरसम्मको लगानी हुनेछ’ कोषको आधिकारीक विज्ञप्तिमा उल्लेख छ ।

परम्परागत व्यापारलाई भविष्यमा सार्थक बनाउन पनि यस्ता किसिमका नयाँ सोंचमा लगानी गर्नु आफैमा चुनौतीपूर्ण रहेको सीजी कर्पका अध्यक्ष तथा प्रिस्टेलर भेन्चर्सका निर्देशक विनोद चौधरीले बताएका छन् ।

प्रिस्टेलर भेन्चर्स अन्तर्गतका चार जनरल पार्टनरसँग विश्वभर एक सय ब्राण्ड र १४ हजारलाई रोजगारी पनि दिएका छन् । यी पार्टनर अन्तर्गत भारतभर १५० होटल तथा रिसोर्ट, बैङक, उपभोग्य बस्तु, वितरण नेटवर्क रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL