Logo

गुलियो चिनीको ‘अमिलो’ भाउ, २५ रुपैयाँसम्म बढीमा हुँदैछ बिक्रि

गुलियो चिनीको ‘अमिलो’ भाउ, २५ रुपैयाँसम्म बढीमा हुँदैछ बिक्रि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समययता नेपाली बजारमा चिनीको मूल्य उच्च रुपमा बढेको छ । दुई हप्ता अघिसम्म प्रति किलोग्राम ७५ रुपैयाँमा पाइने चिनीको मूल्य उपभोक्ताले १ सय रुपैयाँसम्ममा खरिद गर्नु परेको छ । चिनीको अस्भाविक मुल्य बढेपछि उपभोक्ताको गुनासो पनि उत्तिकै बढेको छ ।

नेपालमा चिनीको उत्पादन घटेको र अन्तरराष्ट्रिय बजारमा मूल्य बढेका कारण बजारमा त्यसको असर परेको व्यवसायीहरु बताउँछन् । यो सीजनमा चिनीको उत्पादन कम र उत्पादन लागत बढी पर्न गएकाले अघिल्लो वर्षको तुलनामा नेपाली चिनीको मूल्य बढ्न गएको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए ।

Sugar
Sugar

उत्पादन लागत तथा बैंक ब्याजदर अघिल्लो वर्षको तुलनामा बढेको तर चिनी उत्पादन घटेकाले मूल्य बढेको उनको तर्क छ । ‘यो सिजनमा बैंक ब्याजदर उच्च रुपमा बढेको छ भने उत्पादन झण्डै ३० प्रतिशतले घटेको छ,’ उनले भने, ‘व्यवसायीले आफ्नो लागत समायोजनका लागि पनि चिनीको मूल्य बढाउनुको विकल्प छैन ।’ सरकारले ऊखुको मूल्य समेत बढाएकाले त्यसको प्रभाव बजार मुल्यमा पर्न गएको उनको दाबी छ । गत सिजनमा प्रति क्वीन्टल ४ सय ५२ रुपैयाँ रहेको ऊखुको मूल्य यो सिजनमा बढेर ५ सय ३१ रुपैयाँ पुगेको छ ।
यो वर्ष चिनी उत्पादन ३० प्रतिशतले घट्ने भएको छ । गत वर्षको तुलनामा ऊखु उत्पादनमै कमि आएपछि चिनी उत्पादन घट्ने निश्चित भएको हो । गत वर्ष १ लाख ४० हजार टन चिनी उत्पादन भएकोमा यस वर्ष १ लाख टन मात्र उत्पादन हुने व्यवसायीहरुको अनुमान छ । नेपाली उद्योगीहरुले उद्योगबाटै प्रतिकिलो ७२ रुपैयाँमा चिनी बेच्दै आएका छन् । त्यसमा मूल्य अभिवृद्धि कर, ढुवानी भाडालगायतका खर्च जोड्दा तत्कालका लागि खुद्रा पसलबाट प्रति केजी ९० रुपैयाँ चिनी पाइन्छ । तर, आगामी दिनमा अझै बढ्न सकने चिनी उद्योगी बताउँछन् । नेपाललाई वार्षिक २ लाख मेट्रिक टन चिनी आवश्यक पर्नेमा यस वर्ष झण्डै ५० प्रतिशत चिनी आयात गर्नुपर्ने देखिन्छ ।
नेपालमा विशेषगरी भारतबाट चिनी आयात हुँदै आएको छ । अहिले भारतीय उद्योगको मूल्य नै प्रति केजी भारु ४२ अर्थात नेरु ६७ रुपैयाँ भन्दा बढी पर्न जान्छ । उक्त चिनी नेपाल ल्याएर बेच्दा मूल्य अझै बढ्ने उनीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्