काठमाडौं । २०८२ वैशाख १२ गते विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मजबुत बनाउन बेटर ड्राइभ इनिसिएटिभ-मनी, माइन्ड, म्यानर शीर्षकमा सत्र आयोजना गरेको छ ।
यो कार्यक्रम वित्तीय साक्षरता, मानसिक स्वास्थ्य र कल्याणका साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व विषयहरू समेटिएका थिए। सत्रको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेशन दिइएको थियो ।
सेसनले विविध विषयमा गहन जानकारी प्रदान गर्यो, जहाँ प्रत्येक सेसन प्रतिष्ठित विज्ञ तथा क्षेत्रका विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो । सहभागी चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले निम्न विषयवस्तुहरू समेटिएका थिए ।
सडक सुरक्षा र ट्राफिक नियमहरू
ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई प्रस्तुत गरिएको थियो ।
वित्तीय साक्षरता
आईएमई पेका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा संचालन गरिएको यस सेसनमा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरेका थिए ।
मानसिक स्वास्थ्य जागरूकता
हेपपी माईंडसकी संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल भएको थियो ।
ग्राहक अनुभव वृद्धिका लागि आतिथ्यता सेवा
मोटिभेसनल स्पीकर रञ्जित आचार्यले सहजीकरण गर्नुभएको यस सत्रमा, ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिएका थिए ।