Logo

मर्क्योरमा खुल्यो ‘जैका’, भारतको परम्परागत स्वादको मज्जा लिन सकिने

मर्क्योरमा खुल्यो ‘जैका’, भारतको परम्परागत स्वादको मज्जा लिन सकिने



काठमाडौँ । काठमाडौँको सुकेधारस्थित होटल ‘मर्क्योर काठमाडौँ’मा भारतको विविध पाककलालाई सम्मान गर्दै ‘जैका’ (ZAIQA) नामक आधिकारिक भारतीय रेष्टुरेन्टको शुभारम्भ भएको छ । अभिनेत्री मनिषा कोइरालाले रिवन काटेर उक्त रेष्टुरेन्टको उद्घाटन गरेकी छिन् । जाकियाका कार्यकारी शेफ मुकेश सिंह र सहायक शेफ मोहम्मद अहमदको पाककलाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै भारतको परम्परागत स्वादलाई पस्किनेछ ।

मर्क्योर काठमाडौँका महाप्रबन्धक विजय नन्मारन एस.ले भने, ‘जैका केवल रेस्टुरेन्ट मात्र होइन, यो भारतको पाककला सम्पदासँग जोड्ने एक नयाँ ढोका हो, हामी काठमाडौँमा यो विशेष भोजन अनुभव प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । हाम्रो प्रतिभाशाली शेफ टिमले तयार पारेको मेनुले पाहुनाहरूलाई भारतको स्वादको अविस्मरणीय यात्रामा लैजानेछ ।’

जाकियाको मेनुमा भारतीय खानाको गहिराइ र विविधतालाई दर्शाउँदै विभिन्न प्रख्यात परिकारहरू समावेश छन् । विशेष परिकारहरू जस्तै मुर्ग शहजहानी, नल्ली निहारी र कसुन्दी झींगा अत्यन्तै रुचीकर र ध्यानपूर्वक तयार पारिएका छन् । यस रेस्टुरेन्टको वातावरण मात्रै नभई निजी भोजन कक्ष, निजी सेवकको सेवा र अन्तरक्रियात्मक शेफको टेबल जस्ता विशेष अनुभवहरू समेत समावेश गरिएका छन्, जसले कुनै पनि व्यक्तिगत वा पारिवारिक उत्सवलाई अविस्मरणीय बनाउनेछ ।

मर्क्योर काठमाडौँको १०औं तल्लामा अवस्थित जैकाबाट काठमाडौँ उपत्यकाको अनुपम दृश्यावलोकन गर्न सकिनेछ, जसले हरेक भोजनलाई भव्यता र शान्तिको महसुस गराउनेछ । जैका काठमाडौंको भोजन संस्कृति भित्रको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको छ ।

मर्क्योर काठमाडौँ मनोरम वातावरण र उत्कृष्ट सेवाका लागि हालै मात्रै सञ्चालनमा आएको पाँचतारे होटल हो । फ्रान्सको चेन होटल ब्राण्ड मर्क्योरलाई नेपालमा युवा उद्यमी देशबन्धु बस्नेत (अजित)ले भित्र्याएका हुन् । हाल मक्र्योरका ६० भन्दा बढी देशमा १ हजार भन्दा बढी होटल सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्