Logo

नेपाल गलैंचा उत्पादक संघको अध्यक्षमा बलराम गुरुङ चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

नेपाल गलैंचा उत्पादक संघको अध्यक्षमा बलराम गुरुङ चयन, यस्तो बन्यो नयाँ कार्यसमिति



काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको अध्यक्षमा बलराम गुरुङ चयन भएका छन् । संघको सातौं बार्षिक साधारणसभा र तेस्रो अधिबेसनबाट उनी संघको अध्यक्षमा चयन भएका हुन् ।

गुरुङसँगै अन्य पदाधिकारीहरू र सदस्यहरूको चयनसमेत गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा दावा शेर्पा, उपाध्यक्षहरूमा राधा कुमारी पन्त, सोनाम लामा, र दान बहादुर चन्द चयन भएका छन् ।

यस्तै महासचिवमा सुकमान बम्जन, सचिवहरूमा आशिष लामा र विवस योञ्जन, कोषाध्यक्षमा राजेश कुमार रायमाझी, र सह–कोषाध्यक्षमा डिमा जाङ्बु शेर्पा रहेका छन् ।

नवगठित कार्यसमितिमा विभिन्न क्षेत्रका उद्योगीहरूको सहभागिता रहेको छ । सदस्यहरूमा डोल्मो बम्जन तामाङ, लामिन माया लामा, आङ दोर्जे शेर्पा, पुष्पा रत्न महर्जन, भिम बहादुर तामाङ, कृष्ण मान प्रजापति, छत्रलाल श्रेष्ठ, सुरेश लामा, कृष्ण बिक्रम शाह, नरहरि थापा र नाम्लाङ तेन्जिङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्