काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको ५८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालन समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले १० प्रतिशत लाभाशं दिने निर्णय गरेको हो ।
साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने निर्णय पारित गरेको हो ।
साथै सुनकोशी नदी लगायतमा आएको भीषण बाढीले जन धनको व्यापक क्षति पुर्याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरुका तर्फबाट समेत ६० लाख उपलब्ध गराएको थियो । त्यसलाई समेत सदर गरेको हो ।
वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीति उपर छलफल गरी पारित गरेको छ ।
साधारण सभाको अवसरमा अधयक्ष श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत वहन गरेको जानाकारी दिए ।
कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनिकरण गर्न गैर अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिंगल सुपर फस्फेट मल कृषकहरुलाई उपलब्ध गराउदै आएको छ ।
अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्न नबीनतम तथा सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरण तर्फ उन्मुख रहेको बताए ।