काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्। सरकारले आफूलाई गैरकानुनी रूपमा बर्खास्त गरेको भन्दै उनले पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्।
सर्वोच्च अदालतका अनुसार घिसिङको रिट निवेदन दर्ता भइसकेको छ, तर अध्ययन गर्न बाँकी रहेको छ । रिट निवेदनमाथि थप प्रक्रिया भोलि अघि बढ्नेछ।