काठमाडौं । व्यवसायिक क्षेत्रलाई पुनरुत्थान गर्न नेपाल उद्योग तथा व्यवसायी महासंघले ‘इन्टरप्राइजेज अक्सिजन कार्यक्रम’ सार्वजनिक गरेको छ। महासंघले हाल अर्थतन्त्रमा देखिएको मन्दी, व्यवसायीहरूलाई परेको वित्तीय संकट तथा निजी क्षेत्रको मनोबल गिरिरहेको अवस्थामा सरकारलाई प्रभावकारी नीति ल्याउन १० बुँदे आग्रहसहितको कार्यक्रम सार्वजनिक गरेको हो ।
कोरोना महामारी, रूस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना गरेको आर्थिक अन्योलका कारण नेपालको व्यवसायिक क्षेत्र ठूलो संकटमा परेको छ। विगत केही वर्षयता बैंकिङ प्रणालीमा तरलता अभाव, उच्च ब्याजदर, आयातमा कडाइ, कर प्रणालीमा जटिलता तथा नीति अस्थिरताले व्यवसायीहरू थप समस्यामा परेका छन्। महासंघले यस अवस्थाबाट उन्मुक्ति दिन सरकारलाई १० बुँदे कार्यक्रम अघि सार्न आग्रह गरेको छ।
१० बुँदे ‘इन्टरप्राइजेज अक्सिजन कार्यक्रम’
१.Financial Oxygen to Enterprises :
व्यवसाय जगतलाई ईक्विटी इन्जेक्ट गरेर उद्धार गर्नुपर्ने । वित्तीय संस्थाको ऋणको बोझले थिचेर उठ्न नसक्ने अवस्थाका उद्योग व्यवसायलाई सरकारले थप ईक्विटी इन्जेक्ट गरेर संचालनमा ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।
२. Adminitration Relaxation :
व्यवसायीहरुलाई सहि ढंगबाट संचालन गर्न उनीहरुले भोगिरहेका प्रशाशनिक झण्झट अन्त गर्ने खालको कार्यक्रम आवस्यक छ । यसका लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्दछ ।
३.Simplifration of process :
हामीकहाँ व्यवसाय व्यवस्थापन, कर तथा भन्सार भूक्तानी, कम्पनी वा व्यवसाय बन्द लगायतका प्रक्रियाहरुलाई सरल र सहज बनाउन आवश्यक छ । यसको लागि राज्यले बिशेष कार्यक्रम ल्याउनुपर्दछ ।
४. Remodaling Oppercunity of Business :
कोभिड–१९ पश्चात संसारभरि कोभिड अगाडि र पछाडिका व्यवसायिक मोडल भन्न शुरु गरिएको छ । कोभिड–१९ पछाडि Work from home, Zoom Meeting र Internet को प्रयोग जस्ता कुरा प्रभावकारी रुपमा अगाडि आएका छन् । पुराना व्यवसाय र अवसरहरुलाई नयाँ ढंगबाट आधुनिकीकरण गर्न आवश्यक छ । यस्तो परिस्थितीमा राज्यबाट लिइएका हिजोका ऐन, कानून र नियमहरुलाई संशोधन गर्न आवश्यक छ, जुन कुरा हामीले राज्यलाई विस्तृत रुपमा बताउनु पर्दछ ।
५. Enabeling Inveloment For Consumption Growth :
अहिले ३० प्रतिशत नागरिकहरु रोजगारी देखि विभिन्न शिलिसिलामा विदेशमा बसोबास गर्दै आएका छन् । जसले गर्दा हाम्रो उपभोगमा गिरावट आएको छ । अतः अबका दिनमा आन्तरिक उत्पादन बढाई सो उत्पादनलाई उपभोगमा बृद्धि गर्ने खालको कार्यक्रम अगाडी सार्नु जरुरी छ । जसबाट मागमा वृद्धि भई व्यवसायको आकारमा बृद्धि र विकाश हुन जान्छ ।
६. Tax Resium :
विगत लामो समय देखि अपनाउदै आएको हाम्रो कर प्रणालीले नत उत्पादन बढाउन सक्यो नत रोजगारी बृद्धि । यतिमात्र हैन यसले कर राजस्व समेत राम्रोसँग संकलन गर्न सकेन । अतः यो प्रणालीलाई हामीले नयाँ मोडेलबाट पुनः शुरु गर्ने योजनाको विकास गर्नु आवश्यक छ ।
७. रुग्ण उद्योग संचालन गर्ने व्यवस्था तत्काल गरिनुपर्ने :
कुनै पनि बन्द भएका उद्योगहरुले संचालन गर्न चाहेमा राज्य वा सम्बन्धित निकायहरुले प्राथमिकतामा राखेर संचालन गर्ने वातावरण बनाउने र त्यस्ता उद्योगलाई रुग्ण उद्योगको मान्यता सेवा सुविधा उपलब्ध गराउने । निर्यात मुलक तथा बढी रोजगारी दिने उद्योगलाई तत्काल सुविधा उपलब्ध गराईकन संचालनमा ल्याउने ।
८. निजी क्षेत्रले गरेका लगानीहरुको सुरक्षाको सन्दर्भमा नेपाल सरकारले विशेष पहल कदमी लिईरहेको छ र लिनेछ । यसमा सरकारले मात्रै पुग्दै सिंगो जनताको तहबाट पनि सुरक्षाका स्वतस्फूर्त पहल गर्ने वातावरण निर्माण गर्नुपर्छ ।
९. पहिलेनै कर तिरी कर फछ्र्यौट गर्दै आएका व्यवसायीहरुलाई पछिल्लो कर नीतिले समस्या पारेको हुँदा त्यसको समाधान गर्न तत्काल पहल गर्नुपर्ने ।
१०. छरिएर रहेका साना साना पुँजी जुटाई देशमा उद्योग व्यवसाय स्थापना गरी पुँजी निर्माण, रोजगारी सिर्जना र देशको राजस्वमा ठूलो योगदान दिने महत्वपूर्ण माध्यम सेयर बजार बनेको छ । ६५ लाख जनताहरु आवद्ध भैसकेको यो क्षेत्रलाई सामाजिक संजाल लगायत विभिन्न माध्यमाबाट लगानी निरुत्साहित तथा त्यसमाथि प्रहार गर्ने काम भइरहेको छ । त्यस्ता गतिविधिहरुलाई निरुसाहित गर्दै पुँजी बजारको दिगो विकास र विस्तारका लागि नीतिगत रुपमै सम्बोधन गर्नुपर्ने ।
अर्थतन्त्र चलायमान बनाउ महासंघले उठाएका कुराहरु मात्र प्रयाप्त छैनन् । अरु पनि प्रसस्तै काम गर्नु पर्ने जरुरी छ । तर यति काम हामीले अहिले शुरु गर्ने वातावरण बनाउन सक्यौ भने प्यारालाईसिस भएर सुतिरहेको हाम्रो निजी क्षेत्र उठेर टुकु टुकु हिड्न सक्छन भन्ने विश्वास महासंघले लिएको छ ।