Logo

सानिमा रिलायन्स लाइफको आठौँ बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

सानिमा रिलायन्स लाइफको आठौँ बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष रतन लाल केडियाको अध्यक्षमा सम्पन्न सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) छन्।

त्यसै गरी सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने विशेष प्रस्ताव र बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँबानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गरी प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । साथै,सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This