Logo

वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामै निर्यात ५७ प्रतिशतले बढ्यो

वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामै निर्यात ५७ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको निर्यात व्यापार मात्रै गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ ।

विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालले चालु आवको सोही अवधिमा बढाएर १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै यसै अवधिमा नेपालको आयात व्यापार पनि ११.२० प्रतिशतले बढेको विभागले जानकारी दिएको छ । विभागका अनुसार नेपालले गत आवको पहिलो ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात व्यापार गरेकोमा चालु आवमा आयात बढाएर ११ खर्ब ४५ अर्ब रुपैयाँ पुर्याएको हो ।

यसरी आयात र निर्यात व्यापारमा उच्च वृद्धि हुँदा नेपालको व्यापारघाटा पनि ६.२२ प्रतिशतले बढ्दै ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिमा नेपालको व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This