Logo

सलिको र सरिना जी ट्रेडबीच बीमासम्बन्धी सम्झौता, मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

सलिको र सरिना जी ट्रेडबीच बीमासम्बन्धी सम्झौता, मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी ट्रेड प्रालिबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जी ट्रेडमार्फत बिक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।

उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जी ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगाएत सरिना जी ट्रेडको तर्फबाट उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थिए ।

सरिना जी ट्रेडबाट बिक्री गरिने विद्युतीय सवारीसाधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई थप सरल, सहज, नगदरहित तथा शीघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्