काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले देशमै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन समारोहमा टाइलको सार्वजनिक उद्घाटन गरेका हुन् । लामिनार टाइल्स यस वर्षको बिल्डकन प्रदर्शनीको प्रमुख प्रायोजक समेत रहेको छ।
सेन्टो टाइल उच्च टिकाउपन, मजबुती र उत्कृष्ट गुणस्तरका कारण व्यावसायिक तथा आवासीय संरचनाहरूमा उपयुक्त हुने कम्पनीले जनाएको छ। फुल–बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै हुने भएकाले सामान्य घर्षण वा चोइटिए पनि यसको रंग र बनावटमा कुनै असर नपर्ने विशेषता छ। लामिनार टाइल्स्का उत्पादक लुम्बिनी सिरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानका अनुसार सेन्टो टाइलहरू टाइल गुणस्तर निर्धारण गर्ने पाँचौं श्रेणीका कारण अत्यधिक आवागमन हुने स्थानहरू—जस्तै विमानस्थल, व्यापारिक केन्द्र, होटल, अस्पताल, सवारी साधन पार्किङ, सडक किनारा लगायतका क्षेत्रमा प्रयोगका लागि उत्कृष्ट छन्।
१५ मिलिमिटर मोटाइका सेन्टो टाइलहरूले आन्तरिक परीक्षणमा समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा बलियो प्रदर्शन गरेका छन्। विभिन्न परीक्षण अनुसार सेन्टोको ‘रुप्चर मोड्युलस’ ५०.२९ न्युटनरवर्ग मिलिमिटर, ‘टुट्ने बल’ ६०५६ न्युटन, ‘मोस्को कठोरता’ ९ तथा ‘सतह घर्षण प्रतिरोध’ श्रेणी ५ रहेको छ।
रासायनिक प्रतिरोध परीक्षणमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ। यस टाइलले दाग प्रतिरोध, घरेलु तथा पौंडी पोखरीका रसायन प्रतिरोध तथा विभिन्न अम्ल र क्षारको प्रतिरोधका सबै परीक्षणहरू पास गरेको छ।
नेपाली उपभोक्ताहरूका लागि अब ग्रेनाइट वा मार्बलको सट्टा कहिल्यै नखुईलिने, अधिक टिकाउ, दिगो तथा उत्कृष्ट पकड भएको सेन्टो टाइल उपलब्ध भएको छ। आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह भवन निर्माताहरू, भित्री सजावट विज्ञहरू तथा विभिन्न व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बन्ने विश्वास गरिएको छ।