काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आईपीओ निष्काशनका नामलाई त्यसैलाई प्रयोग गरी ठगिखाने भाडो बनाउन नहुने बताए छन् । पछिल्लो समय हाईड्रो प्रवर्द्धकहरुले संसदको सार्वजनिक लेखा समितिका कारण आईपीओ रोकिएर आयोजना अलपत्र परेको भन्दै नेताको घरदैलो चहारिरहेको बेला नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेले जलविद्युत आयोजनाको लगानी सम्बन्धी एक कार्यक्रममा बोल्दै आईपीओलाइ ठगिखाने भाँडो बनाएर बदनाम गराउन नहुने बताएका हुन् ।
‘यसरी बदनाम गर्दै जाने हो भने आगामी दिनमा आईपीओमै लगानी आउँदैन,’ उनले भने, ‘निजी क्षेत्र भनेको जनता हो, निजी क्षेत्रलाई प्रवद्र्धन गर्न नेपाली कांग्रेसले सहयोग गर्छ, तर नियत नै ठगीको राखेर सेयर निष्काशन गर्नु हुँदैन यस्ता विकृतिलाई रोक्नुपर्छ ।’ साथै उनले नेपालले सौर्य उर्जालाई प्राथमिकता दिएर जानुपर्ने उनको भनाई थियो ।
यसैगरी प्राथमिक सेयर निष्काशन हुन नसक्दा परियोजनाहरु समस्या परेको भए त्यस विषयमा थप छलफल गर्नुपर्ने बताए । यदि सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भए समितिमा पुनः छलफल हुने उनले जानकारी दिए । उनले विश्वभर नै विकास निजी क्षेत्रले गरेको भन्दै नेपालमा पनि सोही अनुरुप असल नियत राखेर अघि बढ्नुपर्ने बताए ।
प्राथमिक सेयर निष्काशनको अवधारणा राम्रो रहेको र त्यसमा सर्वसाधरणले लगानी गर्न पाउने बताउँदै गलत नियत राखेर काम गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाई थियो । ‘आईपिओ निष्काशन हुनुपर्छ, सर्वसाधरणले लगानी गर्छन् र जसबाट पुँजी पनि संकलन हुन्छ,’ उनले भने, ‘तर त्यसैलाई ठगी खाने भाँडो बनाईनु हुँदैन ।’