Logo

हिमालयन रि-इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख, २ अर्ब २९ करोड खुद बीमाशुल्क आर्जन

हिमालयन रि-इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख, २ अर्ब २९ करोड खुद बीमाशुल्क आर्जन



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ६० करोड २७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

पुष मसान्तसम्म कम्पनीले २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा ११.८० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब २४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधीमा कम्पनीको महाविपत्ति कोषमा १० करोड ७२ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ५ करोड ८९ लाख रूपैयाँ रहेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४६ करोड ८ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.५७ रुपैयाँ, पीई रेसियो ६७.२८ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्