काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म चन्द्रागिरि हिल्स लिमिटेडको नाफा ५.७८ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा चन्द्रागिरिले ६ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो ।
नाफा बढे पनि दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा आम्दानी घटेको छ । गएको पुषसम्म कम्पनीले ४२ करोड २५ लाख रुपैयाँमा आम्दानी गरेको छ । गत आवको पुषसम्म ४५ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको कम्पनीको भनाइ छ ।
आम्दानी घट्दा पनि नाफा बढ्नुको कारण प्रशासनिक खर्चमा आएको कमी रहेको कम्पनीले जनाएको छ । यो पुससम्म कम्पनीले ५ करोड २१ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ र गत वर्षको पुससम्म ५ करोड ७० लाख थियो । चालु आवको पुससम्म चन्द्रागिरि हिल्सको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ छ ।