काठमाडौं । नेपाल व्यवस्थापन संघले साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । संघको ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरुबाट उनलाई सम्मान गरिएको हो ।
संघले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएकोमा यसपल्टको अवार्ड श्रेष्ठले पाएकी हुन् । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेर कार्य गरिरहेकी छिन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।