Logo

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता

७७.५ मेवा क्षमताको घुन्सा खोला आयोजना अघि बढाउन लक्ष्मी सनराइजको नेतृत्वमा सहवित्तीयकरण सम्झौता



काठमाडौं । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले ताप्लेजुङ जिल्लाको घुन्सा नदीमा निर्माण हुने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ।

नेपाल विद्युत् प्राधिकरणसहित हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिमिटेडको संयुक्त लगानी आयोजनाको ५१ प्रतिशत हिस्सामा रहनेछ। बाँकी ४९ प्रतिशत लगानी सहवित्तीयकरणमा सहभागी बैंकहरू र कम्पनीका प्रवर्द्धकबाट हुनेछ।

लक्ष्मी सनराइज बैंकको ५ अर्बको प्रत्यक्ष फाइनान्स साझेदारीसहित अन्य बैंक तथा संस्थाहरूले कुल १२ अर्ब ६९ करोड ४० लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माण सम्पन्न भएपछि वार्षिक ४६२.२८ गिगावाट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ, जसले राष्ट्रिय ग्रिडलाई सुदृढ पार्नेछ।

यो आयोजनाले नेपालको जनताको जलविद्युत कार्यक्रमलाई थप सशक्त बनाउने विश्वास लिइएको छ। लक्ष्मी सनराइज बैंकले आफ्नो २ सय ५४ शाखा, ३२७ एटीएम, र अन्य सुविधामार्फत ग्राहकहरूलाई सेवाप्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This