काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक बर्ष २०८०/८१ को बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले आफ्ना सेयरधनीहरुर्ला गत आर्थिक बर्षको चुक्ता पूंजी ५ अर्व २ करोड ७० लाख रुपैयाँको ८ . ५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका १०० दरका ४२ लाख ९८ हजार ८५ थान बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पूंजीको ० . ४५ प्रतिशतका दरले हुने २ करोड २६ लाख २१ हजार ५ सय रुपैयाँ नगद लाभांससहित कुल जम्मा ९ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने निणर््य गरेको छ ।